सुरक्षित महानगरपालिका अभियान

समताखबर
  ३ आश्विन २०७४, मंगलवार ०७:५३

विराटनगर । विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु भएको छ । 

महानगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा १ गतेदेखि तीन महिनासम्म सञ्चालन रहने अभियानका प्रमुख संयोजकमा महानगर प्रमुख भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य रहेका छन् ।

अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इप्रका रानीका प्रमुख छन् ।

महानगरप्रमुख पराजुलीले विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले अपराधका ४१ क्षेत्र छनोट गरी छ समूह गठन गरी तिनका पनि संयोजक तोकिएको जानकारी दिए ।

चोरीसँग सम्बन्धित विषयका संयोजकमा प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइराला सार्वजनिक स्थानमा दुव्र्यव्यहार, यौनजन्य गतिविधि, बालबालिका र साइबर अपराध विषयका संयोजकमा प्रहरी निरीक्षक जमुना बस्नेत रहेकी छिन् ।

महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाको संयोजकत्वमा सडकको नाला, फोहोरमैला, सडक तथा हटियाको व्यवस्थापन र खाल्डाखुल्डी पुर्नेलगायत विषय राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *