
चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले स्थानीय निकायको निर्वाचनसँगै संविधान कार्यान्वयन भएको बताए ।
संविधान दिवसका अवसरमा संविधान दिवस जिल्ला समारोह समितिद्वारा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले भाषण र आन्दोलन छाडी संविधानबमोजिम जनताका अधिकार र कर्तव्य कार्यान्वयनमा लाग्ने बताए ।
सांसद कृष्णभक्त पोखरेलले वर्ग क्षेत्र सबैको सहभागितामा निर्माण भएको नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्नु सबैको दायित्व हुने बताईन् ।
प्रजिअ नारायणप्रसाद भट्ट, नेपाली काँग्रेसका सचिव उत्तम जोशी ,नेकपा एमालेका देवी ज्ञवाली, नेकपा माओवादी केन्द्रका संगीता भट्टराई, नेपाल बार एशोशियसनका अध्यक्ष गोपीलाल देवकोटालगायतले संविधान कार्यन्वयनमा एक हुनुपर्नेमा जोड दिए ।
Leave a Reply