सुनिता रसाइली भईन धरान तेस्रो फ्युजन मिस ग्लाम

लक्ष्मी दर्नाल सुनसरी असोज २८
  २९ आश्विन २०७४, आईतवार ०८:२१

तेस्रो फ्युजन मिस ग्लाम २०१७ को उपाधि धरान १५ कि सुनिता रसाइलीले जितेकी छन । उनलाई कार्यक्रमका विशेष अतिथी तथा निर्णायक मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधरले क्राउन पहराइदिएका थिए ।  उनले गिफ्ट ह्याम्परसंगै आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका छन ।

फ्युजन क्लवले हरेक बर्ष मिस ग्लाम पार्टीको आयोजना गर्दै आइरहेको छ । पार्टीमा उपस्थितहरुबाट मिस ग्लामको छनौट गरिने आयोजक फ्युजन क्लवका प्रोपराइटर डिजे ललित राईले जानकारी गराए । उपाधिको लागि सहभागिको व्यक्तित्व, प्रस्तुति, पहिरन, शारिरिक बनौट र श्रृगार हेरिने राईले बताए ।

मिस ग्लामको पहिलो संस्करण अञ्जु राई र दोस्रो रन्जिता श्रेष्ठले जितेकी थिइन । निर्णायकहरुमा मिस प्लस टु २०१७ कि विजेता सिमरन तुलाधर, पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र डिजे ललित राई रहेका थिए ।

धरान देशकै ग्ल्यामरस शहरमा चिनिने र यहाँका महिलाहरु फेसनेवल भएको हुनाले वहाँहरुलाई मध्येनजर गरेर पनि मिस ग्लाम पार्टि आयोजनाको सुरुवात गरिएको डिजे राईले बताए । धरान ९ स्थित फ्युजन क्लवको आयोजनामा आयोजित मिस ग्लामका तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको थियो । साँझ सात वजे देखि सुरु भएको पार्टाी राति १० बजे सम्म चलेको थियो ।
प्रकाशित २८ असोज २०७४, शनिबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *