दशै,तिहार मनाउन आएकाहरु फर्कन थालेपछि पुरुष बिहिन बन्दै सुदूरका गाउँबस्ति

लाल बहादुर वि.क.कैलाली कात्तिक ८
  ८ कार्तिक २०७४, बुधबार ११:२२

तिहार सकिएसंगै सुदूर पश्चिमका गाउँबस्तिहरु दिनप्रति दिन पुरुष बिहिन बन्दै गएका छन् । दशैं,तिहार मनाउन बिभिन्न ठाँउबाट घर आएकाहरु रोजगारीका लागि पुनःआफ्नो कर्मथलो फर्किन थालेपछि गाउँ पुरुष बिहिन हुनुका साथै गाउँनै रित्तिदै जान थालेको हो ।

दैनिक भारत जानेहरुले लम्की बसपार्क पनि भरि भराउ हुने गरेको छ । लम्की बसपार्कबाट दैनिक ५ देखी ७ सय मानिसहरु बाहिरिने गरेको लम्की बसपार्कस्थित टिकट काउण्टरमा कार्यरत कर्मचारी आसाराम खत्रीले बताए । लम्कीबाट आज (बुधबार) मात्र ७ सय जना बाहिरिएको खत्रीले बताए ।

खत्रीका अनुसार लम्कीबाट मात्रै दशैं सकिएसंगै आज सम्म दैनिक २० देखी २५ वटा बस छुट्ने गर्दछन भने ३० देखी ३२ बसहरु बाहिरबाट आउने गरेको छ । घरमा दशैं मनाउन घर आएको थिए लगातार ५ दिन देखी बसपार्क धाउदा बल्ल आज मात्र काठमाडौँ जाने टिकट पाईयो लम्की चुहाँ नगरपालिका ३ का लक्ष्मण विश्वकर्माले बताए ।

लम्की बसपार्कबाट सबै भन्दा धेरै मानिसहरु काठमाडौँ जाने गरेका छन् । दैनिक जसो मान्छेहरु बाहिरिन थाले पछि लम्की बसपार्कमा मानिसहरुको उल्लेख्य भिडभाड देख्न पाईन्छ

प्रकाशित ८ कार्तिक २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *