अब एकल पुरुषले पनि मासिक भत्ता पाउने

दमक,कार्तिक १२
  १२ कार्तिक २०७४, आईतवार ०७:५९

अहिलेसम्म एकल महिला तथा बिधवाले मात्र पाउदै आएको मासिक भत्ता अब एकल पुरुषले पनि पाउने भएकाछन् । झापाको कमल गाँउपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा यस्तो कार्यक्रम ल्याएको हो ।

कमल गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेका अनुसार ६५ देखि ७० बर्ष उमेर समुहका एकल पुरुषलाई मासिक ५ सयको दरले भत्ता प्रदान गर्ने निर्णय गाँउसभाबाट पारित भएको छ । यो नयाँ कार्यक्रम हो ।

यसले महिला र पुरुषबीचको बिभेद अन्त्य गर्दै समतामूलक गाँउपालिकाको सन्देश दिने उनले बताइन् । यसैगरी अति बिपन्न २ सय घरपरिवारलाइ निशुल्क बिमा गर्ने समेत गाँउपालिकाले निर्णय गरेको छ ।

कमल गाँउपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार बिपन्न र किसानहरुका लागि बजेट केन्द्रित रहेको जानकारी दिए । यस पटकको बजेट आफ्ना जनप्रतिनिधिले बनाएकाले गाँउबासीले गर्व गर्न लायक बनाइएको उनको भनाइ छ । एभ्रीडेखबरबाट

प्रकाशित १२ कार्तिक २०७४, आईतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *