सुदूरपश्चिमको मौलिक पर्व : सुदूरमा जाँत पर्वको रौनक

समताअनलाइन कार्तिक १३
  १३ कार्तिक २०७४, सोमबार ०९:०६

फाईल फोटो

तिहार सकिए लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यतिबेला जाँत पर्वको रौनक सुरु भएको । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुला,बझांग,बाजुराका विभिन्न मन्दिरहरुमा कार्तिक शुक्लपक्षमा जाँत पर्व मनाउने गरिन्छ ।

कार्तिक शुल्क पक्षको प्रतिपदादेखि पूर्णिमासम्म देवी भगवतीका शक्तिपीठ तथा मन्दिरमा धुमधामसंग जाँत पर्व हुने गर्छ ।कार्तिक शुक्ल पक्ष सुरु भएसँगै डोटीको श्री शैलेश्वरी मन्दिर, बडि केदारमा लगाएतका मन्दिरहरुमा जाँत पर्वको रौनक सुरु भएको छ ।

त्यसैगरी बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी, बाह्र ज्योतिर्लिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, त्रिवेणीधाम (राताशीला) मन्दिरमा जाँत मनाउने गर्छछन् ।
दार्चुलाको मालिकार्जुन, लटिनाथ मन्दिर,डडेल्धुराको उग्रतारा मन्दिरमा कार्र्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
अछामको कालिका मन्दिरमा पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । यसलाई ‘डौठेगडा जात्रा’का नामले पनि चिनिन्छ ।

धार्मिक मानयता सार शरद ऋतु देवीदेवताहरूको पूजाउपासना गर्ने उत्तम ऋतुको रूपमा मानिन्छ । त्यसैले कातिक शुक्ल पक्षमा देवीदेवताहरूको पूजाआजा, ब्रतउपासना गर्ने पौराणिक कालदेखि नै धार्मिक परम्परा रहेको छ । कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको डोटीका बरिष्ठ कलाकार धन बहादुर मल्ल बताउछन् । मल्लका अनुसार ‘असोज दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरुमा सामूहिक पूजाआजा गर्ने चलन रहेको छ ।

प्रकाशित १३ कार्तिक २०७४, सोमबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *