
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ ।
नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त रहेका छन् ।
चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् ।
प्रकृतिका लागि कला भन्ने नारा सहित आएका कलाकारको १७ सदस्यीय टोलीमा दुई जना विदेशी छन् ,उनीहरु भारत र रसियाका हुन् ।
१० दिनसम्म चित्र कोर्ने कलाकार टोलीले आरक्ष र नजिकको वस्ती अवलोकन गरेपछि आफूले देखेका दृष्यलाई चित्रमा उतार्न थालेका हुन् ।
निकुञ्ज आसपासको प्राकृतिक दृष्य, संस्कृति, रहनसहन लगायतका विषयलाई चित्रमा उतारिने कलाकारहरुले बताएका हुन् ।
सबै कलाकारले दुई दुई वटा चित्र बनाउने छन् । ती सबै ३४ चित्रलाई रिलिप फण्ड फोर आर्ट अफ नेचरमा प्रदान गरिनेछ ।
चित्रले शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसारमा टेवा पुग्ने होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले बताए ।
Leave a Reply