माओवादी केन्द्रका अध्यक्ष दाहाल निर्वाचित

 चितवन मंसिर २५
  २५ मंसिर २०७४, सोमबार १०:००

चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजय भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९,३४१ मतान्तरले पराजित गरेका हुन् ।

दाहालले ४८,२७६ मत प्राप्त गरे,निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८,९३५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।
चितवन क्षेत्र नं ३ मा ९३,८१३ मत खस्यो भने ३,५२० मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *