
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपालले पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९ औँ सडक महोत्सव मनाउने भएको छ ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मुल नारा रहेको महोत्सवमा लेकसाइडको शहीदचोकदेखि खहरेसम्म होटल तथा रेष्टुरेन्टले सडकमै पसल राखी स्वदेशी तथा विदेशी पाहुनालाई सेवा उपलब्ध गराउने छन् ।
आन्तरिक तथा बाह्य पर्यटक भित्रर्याई पर्यटन क्षेत्रको विकास गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ ।
लोपोन्मुख वेशभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण र जगेर्ना गर्दै तिनीहरुको प्रवद्र्धन गर्ने लक्ष्य रहको छ ।
Leave a Reply