
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् ।
दलहरुबीचमा विवाद देखिएका कारण राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश प्रमाणीकरण गरेको स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
पछिल्लो राजनीतिक गतिअवरोधलाई अन्त्य गर्ने ध्येयले उक्त अध्यादेश प्रमाणीकरण गरेको बताइएको छ ।
राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतासँग छलफल गरेकी थिइन् ।
अध्यादेश सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।
Leave a Reply