
समलिंगी बीच हुने विवाहलाई कानुनी मान्यता दिन सरोकारवालाले आग्रह गरेका छन् ।
नील हिरा समाजले भैरहवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा संचारकर्मीसँग गरेको अन्तरक्रियामा गुनासो आएको हो ।
सबैले स्वीकार गर्न सक्ने समलिंगी विवाह गरेर धर्मसन्तान राख्न पाउनेसम्मको कानुन बनाउन राज्यलाई दवाव दिनु पर्ने बताइएको छ ।
विसीले कानुन नबन्दा धेरै समास्या भोग्नु परेको बताए । विनोद अहिले गुल्मीकी पूजा थापासँगको समलिंगी सम्बन्धमा छन् ।
सुसरालीमा आउ जाउ भइरहेको बताउँदै विसीले अहिले धेरै राम्रो भइरहेको बताए, कानुन नबन्दा समलिंगी विवाह गरेर धर्मसन्तान राख्न नपाएको विसीको गुनासो छ ।
तेस्रोलिंगी शाहबुद्धिन खाँले सानै उमेरमा विवाह भएकाले अहिले लुकीछिपी महिला व्यवहार देखाउने गरेको बताए । अर्काकी छोरीको भविष्य हेरेर परिवारमा खुल्न नसकेको उनको भनाई थियो ।
मेधशी समुदायमा सानै उमेरमा विवाह गरिदिदाँ झन समस्या आउने गरेको न्यौपानेको भनाई छ ।
तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले पहिचान अनुसारको नागरिकता मात्रै दिएर अरु अधिकारबाट आफ्नो समुदायलाई राज्यले बञ्चित गराएको बताइन ।
उनले विरामी भएर उपचार गराउन अस्पताल जादाँ समेत विभेदमा परेको बताइन ।
Leave a Reply