
७ माघ,काठमाडौँ । चिनियाँ सामान भोलिदेखि रसुवागढी नाकाबाट नेपाल भित्रने भएको छ ।
तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढ्ने बताईएको छ ।
मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्सेपिङले आज मध्याह्नसम्म २०० नेपाली कन्टेनरमा सामान लोड गर्ने काम सम्पन्न भइसकेकाले भोलिदेखि नेपालमा सामान पठाइने बताए ।
उनका अनुसार भोलि बिहानसम्म ५०० ट्रक, कन्टेनरमा सामान लोड गरिसक्ने लक्ष्य छ । सामानमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामान लगायत रहेको छ ।
Leave a Reply