
जिल्लाको खैरहनीमा शुरु भएको पाँचौँ खिचरा (माघी) महोत्सव सोमबार सकिएको छ ।
थारु कल्याणकारिणी सभा, चितवनको क्षेत्र नम्बर ७ ले संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक सांस्कृतिक घरेलु हस्तकला र कृषि प्रदर्शनीसमेत गरिएको थियो ।
महोत्सवको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याए बापत सन्तकुमार चौधरी, राजु चौधरी, ध्रुवराज खनाल, राजेन्द्र आचार्य र अनिल कुँवरलाई नगद पाँच हजारसहित पाँचजना पत्रकारलाई सम्मान गरिएको छ ।
मुख्य आकर्षणको रुपमा थारु जातिको मुख्य खानाको परिकारमध्येको घोंगी र चिचरको पाँच फिटको विशाल मूर्ति प्रदर्शनमा राखिएको थियो ।
मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोको अनुसार करिब दुई लाख दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।
Leave a Reply