
प्रदेश ७ मा चार महिनाका लागि १ अर्ब २ करोडको अल्पकालिन बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले यसको तयारी थालेका हुन् । मन्त्री बोहराले बजेटको तयारीका लागि सोमवार प्रदेश मन्त्रालयका सचिवहरुसंग छलफल गरेका छन् ।
छलफलमा बजेट ल्याउनका लागि आवश्यक पर्ने निति नियमहरु बनाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन समेत दिएका छन् । चैत्र मसान्त भित्रै ल्याउने तयारी थालिएको बजेटमा कृषिलाई प्रमुख प्राथमिकता दिने बताईएको छ ।
चालु आर्थिक बर्ष सकिन ४ महिना मात्रै बाँकी रहेका बेला ७ नम्बर प्रदेशको सरकारले १ अर्ब २ करोड को अल्पकालिन बजेट ल्याउने तयारी थालेको हो।
केन्द्र सरकारले प्रदेश सरकारका लागि तोकेको बजेटको सिमा भित्रै रहेर चार महिनाभित्रै खर्च गर्ने गरी बजेट ल्याउने तयारीका लागि सोमवार प्रदेश मन्त्रालयका सचिवहरुसंग आवश्यक छलफल गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए ।
बजेट ल्याउन ढिला भईसकेको हुदा फाष्ट ट्रयाकबाट ऐन नियम तथा बिधेयकहरु पारीत गरेर चैत्रभित्रै बजेट ल्याउने तयारी गरिएको मन्त्री बोहराले बताए ।
Leave a Reply