सुरक्षा संयन्त्रलाई चनाखो रहन मूख्यमन्त्री भट्टको निर्देशन

धनगढी,कैलाली चैत्र १
  १ चैत्र २०७४, बिहीबार १७:०१

प्रदेश नम्वर ७ का माननीय मूख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश स्थित सुरक्षा संयन्त्रका प्रमुखहरुसंग पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिनु भएको छ ।

आज बिहान काठमाडांैबाट फर्किए लगत्तै मुख्यमन्त्री भट्टले उहाँहरुलाई कार्यकक्षमै बोलाएर पछिल्लो सुरक्षा अवस्था वारे जानकारी लिनु भएको हो । तराईका जिल्लाहरुमा दिन प्रतिदिन सुरक्षा चुनौती थपिएपछि मुख्यमन्त्री भट्टले सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिनु भएको छ ।

जनताको सुरक्षा प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै उहाँले सुशासन र शान्ती सुरक्षा कायम गर्न सुरक्षा संयन्त्रलाई चनाखो भइ काम गर्न समेत निर्देशन दिनुभयो । आज दिउसो २ बजे संघिय प्रदेश प्रहरी कार्यालयका प्रमुख एआईजि माधव नेपाल, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल, शशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख श्याम कोइराला, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिनोद घिमिरेलाई निर्देशन दिनु भएको हो । सुरक्षा अधिकारीहरुले मूख्यमन्त्री भट्टलाई पछिल्लो सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्र परिचालन गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *