
प्रदेश नं. ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने हिंसात्मक घटना न्यूनिकरणका लागि सामाजिक चेतनाको विकास हुनुपर्ने खाँचो औल्याएका छन् ।
बैतडीको पाटनमा शनिबार आयोजित ‘महिला हिंसा न्यूनिकरणमा प्रदेश सरकारको भूूमिका’ विषयक एक टेलिभिजन कार्यक्रम समकोणमा बोल्दै मूख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
मूख्यमन्त्री भट्टले प्रदेश सरकार हिंसात्मक घटना न्यूनिकरण गर्न प्रतिवद्ध रहेको बताए । उनले भने–‘हिंसा न्यूनिकरणका लागि कडाइका साथ कानुनी व्यवस्थाको पालना गरिने छ ।’
मुख्यमन्त्री भट्टलाई बैतडीमा निजामति कर्मचारीले भव्य स्वागत पनि गरेका छन । स्वागत कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री भट्टले संघीयताको जग मजबुत बनाउने प्रमूख दायित्व कर्मचारीको भएको बताउँदै आफ्नो कर्तव्य पूरा गर्न दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिएको मूख्यमन्त्री सँगै रहेका मूख्यमन्त्री सचिवालय सदस्य लोकेश अधिकारीले जानकारी दिए । जनताको सेवामा जनप्रतिनिधि र कर्मचारीले लाग्नुपर्ने बताउँदै राम्रो काम गर्नेलाइ पुरस्कृत र गलत गर्नेलाई दण्डित गरिने बताए ।
Leave a Reply