
कैलाली २८ पुष : कैलालीको भजनीमा बुधवार देखि ३ दिन सम्म सार्वजनिक बिदा हुने भएको छ ।
थारु समुदायको महान् पर्वका रूपमा रहेको माघीको अवसरमा माघ २ गते नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । योसँगै माघीमा लागि लगातार ३ दिन बिदा हुने भएको छ ।
२९पुस मा सुदूरपश्चिम सरकारले भुवा पर्वको अवसरमा यस अघि नै सार्वजनिक दिएको बिदा दिने निर्णय गरिसकेको छ । माघ १ गते सङ्घीय सरकारले दिएको बिदा र माघ २ गते नगरपालिकाले दिएको बिदा गरी ३ दिन सार्वजनिक बिदा परेको हो।
माघ २ गते दिइने बिदाबारे भजनी नगरपालिकाले सूचनामार्फत जानकारी गराएको छ।
Leave a Reply