खप्तड ‘हेलिटूर’ शुरु

समताखबर       १६ माघ २०७७, शुक्रबार १५:०७

धनगढी । सुदूरपश्चिमकै भू-स्वर्णको रुपमा चिनिने प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा आन्तरिक पर्यटन प्रवद्र्धनका गर्ने उदेश्यले बुधबारदेखि भिजिट खप्तड ‘हेली टूर’ अभियान थालिएको छ ।

खप्तड होमस्टेको आयोजनामा पहिलो चरणमा पाँच दिनसम्म संचालन हुने खप्तड ‘हेली टूर’ अभियानको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, बन तथा बातावरण मन्त्री माया भट्टको उपस्थितिमा शुरु भएको हो ।

खप्तड होमस्टेले हेलिकोप्टरमा खप्तड यात्रा गर्न ईच्छुक व्यक्तिहरुका लागि बिभिन्न दरका प्याकेज संचालनमा ल्याएको होमस्टेका प्रबन्ध निर्देशक दीपक खड्काले बताए ।

उनले हेलिकोप्टरको उडानले खप्तडको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने बताए ।

सुदूरपश्चिमका चार वटा जिल्ला डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्ने खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मानिन्छ ।

तस्बिर : कृष्ण बहादुर महराको फेसबुक वालबाट लिइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *