‘द भ्वाइस अफ नेपाल सिजन–३’ शुक्रवारबाट

समताखबर
  ६ चैत्र २०७७, शुक्रबार ०८:२१

काठमाडौं : चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रवारबाट शुरु हुने भएको छ ।

हिमालय टेलिभिजनमा हरेक शुक्रवार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेल जानकारी दिए ।

यसपटक भ्वाइसको टिमले कोच परिवर्तन गरेको छ । आस्था राउतको ठाँउमा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् ।

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’vमा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *