विशु पर्व मनाउन घर फर्कनेको लर्को

समताखबर
  ३० चैत्र २०७७, सोमबार ११:२६

धनगढी : भारतको विभिन्न शहरमा मजदुरीका लागि गएका सुदूरपश्चिमबासी विशु पर्व मनाउन घर फर्किन थालेका छन् ।

भारतमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी,डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा लगाएतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ । उनीहरु कोरोना कहरको त्रासदीका बीच रोजगारीका लागि भारत गएका थिए ।

सुदूरपश्चिम पप्रदेशमा  विशु पर्वका दिन सिस्नु लगाउने चलन छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको स्थानीय बुढापाकाहरु बताउँछन् । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि संकट नआउने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *