सप्तरी प्रशासन र मालपोतमा अनियमितताको आरोप

अर्चना परियार
  ३० चैत्र २०७७, सोमबार १६:४१

सप्तरी : जिल्ला प्रशासन कार्यालय र भुमि सुधार तथा मालपोत कार्यालयमा आर्थिक अनियमितता हुने गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ ।

स्थानीय नागरिकलाई नागरिकता र राहदानी वितरण तथा शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सप्तरी जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयले सेवाग्राहीबाट रकम असुल्ने गरेको नेकपा माओवादी केन्द्र सप्तरीले आरोप लगाएको हो ।

कर्मचारीहरुको ढिलासुस्ती र अनियमितताले गर्दा सेवाग्राहीहरुले समस्या खेप्नु परेको भन्दै त्यसको बिरुद्व नेकपा माओवादी केन्द्र जिल्ला संगठन समितिले आन्दोलन सुरु गरेको छ । अनियमितता विरुद्ध चरणबद्ध संघर्ष गरिने माओवादी केन्द्र जिल्ला संगठन समितिका अध्यक्ष अशोक कुमार मण्डलले जानकारी दिए ।

जनताको प्रत्यक्ष सेवामा जोडिएको जिल्ला प्रशासन कार्यालय र मालपोत जस्तो महत्वपूर्ण कार्यालय भ्रष्टाचारको अखडा बनेकोले सो कार्यालयबाट सेवाग्राहीले निकै दुःख पाउन थालेपछि आन्दोलन गर्न बाध्य भएको मण्डलले बताए ।  

भ्रष्टाचार र अनियमितताको सबै प्रमाणहरु आफूहरुसंग सुरक्षित भएकाले अनियमितता रोक्न संघर्ष सुरु गरेको बताए। 

संघर्षको पहिलो चरण अन्तर्गत सोमबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानार्कषणसहितको ज्ञापन पत्र वुझाईने भएको छ । आफ्ना मागहरु सुनुवाई नभए थप सशक्त संघर्ष गरिने बतााइएको छ ।

सेवा लिनका लागि विहान आएका सेवाग्राहीहरु दिनभर लाइन बसेर सेवा प्राप्त गरेको हुन सक्छ तर सेवाप्रवाहको क्रममा आर्थिक लेनदेनको आरोप भने सत्य नभएको प्रजिअ फणिन्द्रमणि पोखरेलले बताए ।

मालपोत कार्यालयमा कर्मचारीको संख्या थोरै तर सेवाग्रीहरुको दिनहरु भिड लाग्ने हुदा सेवा दिने क्रममा ढिला भएको हुन सक्ने प्रजिअ पोखरेलले बताए । उनले भने,छिटो छरितो सेवाका लागि आगामी दिनमा सुधार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *