
काठमाडौं : जागरण मिडिया सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक रेम विश्वकर्मा ईन्टरनेश्नल दलित जर्नालिष्ट नेटवर्कको महासचिव पदमा चयन हुनुभएको छ ।
विश्वका विभिन्न मुुलुकका क्रियाशिल दलित समुदायका पत्रकारहरुको भर्चुअल मिटिङ्गबाट आइृततबार स्थापना गरिएको अन्तराष्ट्रिय दलित जर्नालिष्ट नेटवर्कको गरिमामय महासचिव पदमा विश्वकर्मालाई चयन गरिएको हो ।
नवनिर्वाचित महासचिव विश्वकर्मा, लामो समयदेखी लोकतन्त्र, समावेशीता, सामाजिक न्यायको आन्दोलन र दलित आन्दोलनमा सक्रिय सञ्चार अभियन्ता हुनुहुन्छ । उहाँले दलित समुदायको न्याय, हक अधिकार र स्वाभिमानका लागि नेतृत्व, पैरवी, र लेखन अभियानमा काम गर्दै आउनु भएको छ ।
रेम विश्वकर्मा, जागरण मिडिया सेन्टरको संस्थापक महासचिव हुदै संस्थाको ३ कार्यकाल अध्यक्ष समेत भएर काम गरिसक्नु भएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव समेत भईसक्नु भएका विश्वकर्मा नेपाल सरकारको सञ्चार मन्त्रालय अन्तर्गत उच्चस्तरीय आम सञ्चार नीति र समावेशी आयोगको पनि सदस्य भएर काम गर्नुभएको छ ।
जागरण मिडिया सेन्टर, स्थापनाकालदेखी दलित समुदायका पत्रकारहरुको उत्पादन गर्ने, उनीहरुको क्षमता अभिवृिद्ध गर्ने, सञ्चार क्षेत्रमा सहभागीता वृद्धि गर्ने र दलित समुदायका विषयवस्तलाई मुल प्रवाहीकरण गर्ने जस्ता काममा सञ्चार पैरवी र नीतिगत वकालत गर्दै आएको छ ।

नेटवर्कका महासचिव विश्वकर्माले, पछिल्लो अवस्थामा दलित समुदाय मात्र नभई नेपाली समाजमा पछाडी पारिएका सबै जात जाति तथा सिमान्तकृत समुदायको हक अधिकारको लागि समावेशी सञ्चार अभियान स्थापना गरी त्यसको नेतृत्वदायी भूमिका मार्फत समावेशी नीति निर्माण र उनीहरुको समावेशीताका लागि नीतिगत वकालत र सञ्चार पैरवी गर्दै आएको बताए ।
जातीय भेदभाव तथा छुवाछुत नेपालमा मात्र नभई यो समस्या विश्वका धेरै देशहरुमा रहेको हुँदा, सञ्चार क्षेत्रमा क्रियाशिल दलित समुदायका पत्रकारहरुलाई संगठित गर्दै, यसको व्यवहारिक रुपमै अन्त्य गर्नका लागि अन्तराष्ट्रिय फोरमको आवश्यकता देखिएकोले यो नेटवर्कको स्थापना गरिएको हो, उनले भने।
यो नेटवर्क, विश्वका विभिन्न मुुलुकका छरिएर रहेका दलित समुदायले जाति, भाषा, क्षेत्र, लिंग र रंगका आधारमा भोग्दै आएका विभिन्न प्रकारको विभेद र छूवाछुत जन्य व्यवहारको अन्त्य, सामाजिक न्याय, समानता, लोकतन्त्र, समावेशीता, र मानव अधिकारको पूर्ण सुनिश्चितताका लागि क्रियाशिल रहने छ ।
यस नेटवर्कमा भारतका मालेपाली लक्ष्मेया अध्यक्ष सहित ६ जना, नेपालबाट महासचिब सहित ४ जना, अमेरिकाबाट २ जना, वंगलादेशबाट २ जना, अस्टेलिया, क्यानडा, श्रीलंका, नर्वे, साईप्रस, पोल्याण्ड, र डेनमार्कबाट एक एक जना गरी २१ जनाको कार्यसमिति चयन गरिएको छ । जुन यस प्रकार रहेको छ ।
कार्यक्रमको उदघाटन समारोहमा संस्थालाइ धन्यबाद दिदै प्रोफेसर सुकदेव थोराट, डा.राज शेखर भुन्ड्रस, डिवि सागर विश्वकर्मा, दूर्गा सोब, भक्त विश्वकर्मा, आनन्द कुमार, विनय कुमार, रामचन्द्र मुर्थि, मिना बर्मा, लगायतका राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा क्रियाशिल दलित सामाजिक अभियन्ताहरुले नेटवर्क स्थापना गरिएकोप्रति शुभकामना दिदै आगामी दिनमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply