कोरोना संक्रमणबाट भारतमा २० नेपालीको मृत्यु

समताखबर
  १३ बैशाख २०७८, सोमबार ०८:१९

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण भारतमा २० नेपालीको मृत्यु भएको छ । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा।सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० र अन्य क्षेत्रमा १० नेपालीको निधन भएको हो ।

जसमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यो साता भारतसहित कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्डलगायत मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले यो साता भारतमा २० सहित विदेशी भूमिका २३ नेपालीको निधन भएको जनाएको छ ।

भारतमा २०, कुवेतमा २ र कतारमा १ जनाले ज्यान गुमाएका हुन् । योसँगैं २१ मुलुकमा मृत्यु हुने नेपालीको संखया ३ सय ७२ पुगेको छ । मध्यपूर्वी देहरुमा मात्रै २ सय ४५ जनाको निधन भएको छ । अन्नपूर्णबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *