चितवनमा ७ महिने बालकसहित ४ जनामा कोरोना संक्रमण पुष्टि

सुष्मा सुनार
  १५ बैशाख २०७८, बुधबार ०८:०१

चितवन : जिल्लामा एक ७ महिने बालकसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालबाट भर्खरै प्राप्त जानकारी अनुसार गैँडाकोट नगरपालिका-१ का एक बालक सहित वडा नम्बर-२ र वडा नम्बर-१० का चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

अन्य संक्रमण हुनेहरुमा  २२,२९ र ४२ बर्षिय पुरुषहरु रहेका छन् ।

त्यसैगरी अस्पतालले हिजो संकलन गरेको स्वाव परिक्षणमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा देवघाट नगरपालिका-२ का ७५ बर्षिय पुरुष, गोरखा नगरपालिका-३ का ६३ बर्षिया महिला, प्युठान नगरपालिका-३ का २९ बर्षिय पुरुष, बारा कलैया नगरपालिका-१ का ३५ बर्षिय पुरुष, भारत मन्डी हरियानाका ५८ बर्षिय १ पुरुष र हेटौँडा मकवानपुर नगरपालिका-१ का ४७ बर्षिय पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *