सुर्खेतमा दुई जना कोरोना संक्रमितको मृत्यु

समताखबर
  १५ बैशाख २०७८, बुधबार ०८:३७

सुर्खेत : सुर्खेतमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत कालागाउँमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

अस्पतालका फोकल पर्सन डा.केएन पौडेलका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका– ४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका– १३ का ५३ वर्षीय पुरुषको कोरोनाको संक्रमणका कारण मृत्यु भएको हो ।

भेरीगंगा नगरपालिका बिरामी बैशाख ५ गते र वीरेन्द्रनगर नगरपालिकाका बिरामी वैशाख ११ गते कर्णाली प्रदेश अस्पतालको कोभिड– १९ विषेश अस्पतालमा उपचारका लागि भर्ना भएको डा. पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *