दिल्लीमा अक्‍सिजन नपाएर महाकाली अस्पताल ल्‍याउँदै गरेका कोरोना संक्रमितको मृत्‍यु

समताखबर
  १५ बैशाख २०७८, बुधबार १४:२१

धनगढी : सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्व कोषाध्यक्ष मनोज भट्टको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

धनगढीको फुलबारी घर भएका भट्ट भारतको दिल्लीमा काम गर्दै आएका थिए।

दिल्लीमा अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउदै गर्दा भारतको मुरादाबादमा मृत्यु भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले भारतका दर्जनौ अस्पतालमा भर्नाको लागि ठाउँ नपाउदा नेपाल ल्याउदै गर्दा मृत्यु भएको बताए ।

उनले भने, ञकेही दिनअघि कोरोना पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर दिल्लीमा अस्पताल नै खाली थिएनन् । उपचार नै नपाएर ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *