मधेस आन्दोलनमा लागेका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचीसहित)

समताखबर
  १५ बैशाख २०७८, बुधबार १६:४२

काठमाडौं : मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’

अदालतले सजाय तोकिसकेका रेशम चौधरीहरूको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।

सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *