भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको निधन

समताखबर
  १७ बैशाख २०७८, शुक्रबार १६:५०

नयाँ दिल्ली : भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोना भाइरस संक्रमणले शुक्रबार निधन भएको छ ।

जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सार्दनाको निधनको पुष्टि गरेका छन् । भारतीय मिडिया क्षेत्रलाई स्तब्ध पार्दै उनले दिल्लीस्थित एक अस्पतालमा अन्तिम सास लिएको जनाइएको छ ।

उनी पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए । जी-न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले सन् २०१७ मा जी-न्यूज छाडेर आजतक ज्वाइन गरेका थिए । आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम संचालन गर्दै आइरहेका थिए । उनको निधनमा सामाजिक संजालमा राजनीतिज्ञ र सेलेव्रिटीहरुले शोक व्यक्त गरिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *