भारतीय नम्बरको कारभित्र भेटियो तीन बालकको शव

समताखबर
  १९ बैशाख २०७८, आईतवार ११:३१

दाङ : दाङमा भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निसान कारभित्र तीन बालकको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार कार माघ महिनादेखि पार्किङमा राखिएको थियो ।

कसको गाडी हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले  जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *