भारतीय कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुल्यो,कार मालिक र चालक पक्राउ

समताखबर
  १९ बैशाख २०७८, आईतवार १२:०८

दाङ : भारतीय नम्बर प्लेटको कारभित्र शनिबार साझ मृत भेटिएका तीन बालकको पहिचान खुलेको छ । 

तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निसान कारभित्र तीन बालकको शव भेटिएको थियो । 

मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।

उनिहरु तुलसीपुर–६ स्वर्गद्वारी टोलमा माघ महिनादेखि पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेटको कारभित्र शनिवार बेलुकी मृत भेटिएका थिए ।

तीनै जना बालक १६ वैशाख अपरान्हदेखि हराएको भन्दै १७ वैशाखमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा उनीहरूका परिवारले खोजी गरिदिन निवेदन दिएका थिए ।

१८ वैशाखमा बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीयवासी नजिकै गएर हेर्दा लक गरिएको गाडीभित्र उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।

पप्रहरीका अनुसार प्रहरीले अनुसन्धानका लागि गाडी मालिक यादवप्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *