लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

सुष्मा सुनार
  १९ बैशाख २०७८, आईतवार १३:३३

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

उनीविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ ।
प्रदेश सभाको बैठक आज दिउसो १ बजे बसेको छ । उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *