विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

समताखबर
  १९ बैशाख २०७८, आईतवार १४:३९

बुटवल : लुम्बिनी प्रदेश सांसद बिमला वलीले माओवादी केन्द्र रोजेकी छन् । वलीले माओवादी रोजेसंगै प्रदेशसभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ ।

दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन् । 

माओवादी केन्द्रले बिमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको छ।

वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *