मोटरसाइकल दुर्घटनामा चालक गम्भिर घाइते

सुष्मा सुनार
  २१ बैशाख २०७८, मंगलवार १२:५१

गैडाकोट : पूर्वी नवलपरासीको गैडाकोटमा मंगलबार विहान करिब ९ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका-६ शिवचोक नजिक ना ५८ प ६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-५ का २५ बर्षीय सरोज सापकोटा गम्भीर घाइते भएका हुन् ।

उनले मादकपदार्थ सेवन गरी सवारी चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *