ट्रेड युनियनले दियो सेती अस्पताललाई सिलिण्डर

समताखबर
  २१ बैशाख २०७८, मंगलवार १३:१०

धनगढी : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमले सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।

आफ्नो वर्क सपबाट संकलन भएका २३ थान सिलिण्डर सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमका सचिव जीतबहादुर मल्लले बताए।

सेती अस्पतालले १ सय वटा खाली सिलिण्डर सहयोग गर्न अपिल गरेपछि ट्रेड युनियनले अक्सिजनको सिलिण्डर संकलन गर्ने अभियान चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *