बुटवलमा सुरु भयो अक्सिजन बैंक !

सुष्मा सुनार
  २१ बैशाख २०७८, मंगलवार १७:०३

बुटवल : लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा अक्सिजन बैंक सुरु गरिएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण दर बढ्नुका साथै अक्सिजन अभावका कारण मृत्यु हुनेहरुको संख्या प्रत्येक दिन बृद्धि हुन थालेपछि अक्सिजन बैंक सुरु गरिएको हो ।

बुटवल उपमहानगरपालिकामा होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पुर्‍याउने गरी बुटवल उपमहानगरपालिकामा अक्सिजन बैंक सेवा सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *