कोरोना संक्रमित बोक्न विद्यालयको बस परिचालन

सुष्मा सुनार
  २४ बैशाख २०७८, शुक्रबार ०८:४८

नवलपरासी : दोस्रो लहरको कोरोना संक्रमण दर बढ्दै जादा पूर्वी नवलपरासीमा कोरोना संक्रमितका विरामी बोक्ने एम्बुलेन्सको अभाव हुन थालेको छ ।

जिल्लामा सिमित संख्यामा एम्बुलेन्स र अन्य सवारी साधनले मनपरी रकम असुल्न थालेपछि विरामी ओसारपसारमा समस्या परेको हो ।

विरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि कावासोती नगरपालीका-१२ पिठौलीस्थित वाइज भिजन स्कुलका प्रधानाध्यापक विद्यालयको गाडि लिएरै सर्वसाधारणको सेवामा खटिएका छन् ।

उनले विद्यार्थी बोक्न प्रयोग गर्ने बस कोरोना बिरामी ओसारपसारमा प्रयोग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयद्धारा जारी निशेधाज्ञाका कारण गाउँमा अन्य रोगका बिरामीलाई अस्पताल पुग्न समस्या भएकाले विद्यालयको गाडी प्रयोग गर्ने निधो गरेको विद्यालयका प्रध्यानाध्यापक तिलकचन सापकोटाले बताए ।

संक्रमितलाई अन्य सवारी साधनले अस्पताल वा आइसोलेशनमा पु¥याउन आनाकानी गर्ने तथा मनपरी महंगो रकम असुल्ने गरेको सुनेको बताउँदै पिठौलीका स्थानीयलाई सुबिधाका लागि आफैं बस हाँक्न सुरु गरेको उनको भनाइ छ ।

कोरोना महामारी नहट्दासम्म स्कुलको बस एम्बुलेन्सकै रुपमा प्रयोग गरिने समेत सापकोटाले बताए ।

उनले कोरोना महामारीको यो डरलाग्दो अबस्थामा निशेधाज्ञा अवधिभर अभिभावक, विद्यार्थी एवम् पिठौलीबासी सर्वसाधारणका लागि अस्पताल जानुपर्ने अवस्था आएमा निशुल्क सवारी साधन उपलब्ध गराउने जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *