गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

समताखबर
  २६ बैशाख २०७८, आईतवार १७:३०

पोखरा  : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव उपर भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । यसैबीच प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *