सेती अस्पतालबाट ५ जना कोरोना जितेर घर फर्किए

समताखबर
  २७ बैशाख २०७८, सोमबार १७:४५

धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत ५ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाले कोरोना जितेर घर फर्किएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

५ जना डिस्चार्ज हुँदा थप  १५ जना नयाँ संक्रमित भर्ना भएको उनले बताए ।  हाल अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

हाल अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *