कोरोना निको हुने दर बढ्यो

समताखबर
  १४ जेष्ठ २०७८, शुक्रबार ०७:३६

काठमाडौं : पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर घटेको छ । संक्रमण दर घटेसंगै  अस्पतालबाट निको भएर घर फर्कनेको संख्या बढेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको हुने प्रतिशत बढेर ७७ दशमलब २ पुगेको छ ।

६ हजार ९ सय ३९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार थप १ सय ५ जनाको मुत्यु भएको छ ।

२० हजार ४ सय १४ पीसीआर र ५ सय ४८ जनाको परीक्षण गर्दा संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १७ सय ३८ जना थपिएका छन् ।

हालसम्म संक्रमण पुष्टि भएकाको संख्या ५ लाख ४२ हजारभन्दा बढी छ । ४ लाख १८ हजारभन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *