विपन्न दलितलाई समता मिडिया सेन्टरको सहयोग

रुक्मणी परियार
  २२ जेष्ठ २०७८, शनिबार १९:१८

धनगढी : समता मिडिया सेन्टरले कैलाली र कंचनपुर जिल्लाका दलित एवम् विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गरेको छ ।

परिर्वनका लागी सहकार्य नेपाल (CAN) ललितपुरको आर्थिक सहयोगमा खाद्यान्न सहयोग गरिएको हो ।

एक महिनादेखीको बन्दका कारण रोजगारी गुमाएका १०० परिवारलाई स्वास्थ्य सुरक्षा सामग्रीसहित खाधान्न सहयोग गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले बताए ।

उनका अनुसार प्रति घरपरिवारलाई २५ केजीको १ बोरा चामल,१ लिटर तेल, १ केजी दाल, १ केजी आयोनून, ३ थान मास्क र १ थान साबुनका दरले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

भिमदत्तनगरपालिका-४ बादी बस्ती,बेदकोटनगरपालिका-७ सुन्दरपुर सुकुम्बासी बस्ती,शुक्लाफाँटा नगरपालिका-८ बनरा शिबिर,गोदाबरी नगरपालिका बण्या,धनगढी उप-महानगरपालिका-वडा नं. १ पशुपती टोल,वडा नं. ४ कालिका टोल,वडा नं. ६ जालीका सुकुम्बासी,बादी समुदाय,पहिरो पिडित,दीर्घरोगी, जेष्ठ नागरीक र विपन्न परिवारलाई राहत सहयोग गरेको छ ।

समता मिडिया सेन्टरका कोषाध्यक्ष रुक्मणी परियार,बोर्ड डाइरेक्टर बिमल कुमार दर्जी, सल्लाहकार ललित परियारसहितको टोली राहत वितरणमा संलग्न हुदै आएका छन् ।

यसअघि सेन्टरले सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर निशुल्क सहयोग गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *