
काठमाडौं : नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
डिजी तेक्कान्दो फिलिपिन्स र ओङ तेक्कान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा प्रेम कुमार दर्नाल,सञ्जीव नेपाली र सन्दीपा अमगाईंले स्वर्ण पदक जितेका हुन् ।
सर्लाही नीवासी हाल वैदेशिक रोजगारीको क्रममा सऊदी अरबमा बस्दै आएका दर्नालले पुरुष ४०–५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन ।

दर्नालले कुल ५ दशमलव ०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराउदै उनले थोरै स्कोरले पछि परेका टिमलाइ ५ स्कोर पछि पार्दै स्वर्ण पदक हात पार्न सफल भएका हुन। दर्नालले यो सहित ८ वटा अन्तर्राष्टिय पदक हात पारि सकेका छन् ।
साथै नेपालका सञ्जीव नेपालीले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका छन उनले पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा ५/४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४ दशमलव ४८३ स्कोर जोडेका थिए। सञ्जीवले यो सहित १ दर्जन अन्तर्राष्टिय पदक हात पारि सकेका छन् ।

महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण पदक हात पारिन । सन्दीपाले ५ दशमलव ५०० स्कोर र सानोनले ५ दशमलव ४०० स्कोर प्राप्त गरेकी थिइन ।
गत जुलाई ३१ देखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा आयोजक टोली अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
Leave a Reply