
नवलपरासी : सुनवल नगरपालिका—१३ सूर्यबस्तीका दुई छोरीले छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका छन् ।

१६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी आमाको किरिया बसेका हुन् । परम्परागत सामाजिक मान्यतालाई तोड्दै दुई किश्वोरीले आमाको किरिया गरेका हुन्।

किरिया मात्र नभई आमाको दागबत्ती पनि दुई छोरीले नै दिएका हुन्। अन्जली र अन्जु सुनवलको महकबी देबकोटा नमुना माबि मा कक्षा दश र नौ मा अध्यनरत छन्।

आमाले आफुहरुलाई छोराछोरी नभनी कुनै विभेद नगरेको र आमाको त्यागलाई सम्मान गर्दै आफै किरियामा बस्ने निर्णय गरेको जेठी छोरी अन्जलीले बताईन।
Leave a Reply