महिलाहरुको नेतृत्व विकास गर्न तालिम संचालन

समताखबर       २७ श्रावण २०७८, बुधबार १५:३०

धनगढी : कैलारी गाउँपालिकामा दुइ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि संचालन भएको छ । दलित महिला अधिकार मंच नेपालले गाउँपालिकाको हसुलियामा तालिम संचालन गरेको हो ।

ड्यान चर्च एडसंगको साझेदारीमा मंचद्धारा संचालित महिला सशक्तिकरण परियोजना अन्तरगत दलित तथा  सिमान्तकृत समुदायका महिलाहरुको नेतृत्व विकास,क्षमता अभिवृद्धि र सशक्तिकरण गर्ने उदेश्यले तालिम संचालन गरिको मंचका अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिनुभयो ।

महिला अधिकारकर्मी गोमा आचार्यले सहजीकरण गर्ने उक्त तालिममा गाउँपालिकाका १३ महिला समूहका २५ जनाको सहभागीता रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *