रुघाखोकी लाग्दा खान नहुने !

समताखबर
  १० भाद्र २०७८, बिहीबार ०९:००

मौसम परिवर्तनसँगै रुघाखोकी लाग्ने समस्या धेरैलाई हुने गर्छ । रुघाखोकी लागेको बेला प्रशस्त तातो झोलिलो चिज खाने, तातो पानी पिउने लगायतका उपाय अपनाउन चिकित्सकहरू सुझाउँछन् । 

रुघाखोकी लागेको बेला विशेषगरी खानेकुरामै ध्यान दिए औषधि प्रयोग गर्नु नपर्ने चिकित्सकहरूको भनाइ छ । यदि रुघाखोकी लागेको बेला ती खानेकुरा खाएमा झन गम्भीर समस्या निम्तिन सक्छ । केके हुन् त ती खानेकुरा ? केही खानेकुरा तल प्रस्तुत गरिएको छ :

दूध
विज्ञहरूका अनुसार रुघाखोकी लागेमा दूध पिउनुबाट बच्नुपर्छ। दूध पिउँदा छातीमा कफ बढ्छ, जसले खोकीको समस्या बढाउनेछ। यस्तो स्थितिमा डेरी उत्पादनको कुनै पनि प्रकारबाट टाढा रहनुपर्छ।

चामल
डाक्टरहरू भन्छन् कि चामल चिसो हुन्छ र यसमा खकार बढाउने गुण छ। यस्तो अवस्थामा, यो चिसो र खोकीको समस्या बढाउन सक्छ। यसकारण डाक्टरहरू चिसो–खोकी वा घाँटी संक्रमण भएमा भात, दही, मसालेदार खाना, केरा, आदिबाट बच्नका लागि सल्लाह दिन्छन् । 

चिनी
यदि रुघाखोकीको समस्या छ भने चिनी को सेवन गर्नुहुँदैन। यसले छातीमा इन्फ्लेमेसनको समस्या हुन्छ र यसले ट्रिगर गर्ने काम गर्दछ। यति मात्र होइन, चिनीले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाएर खोकी र चिसो बढाउन सक्छ।

कफी
क्याफिनले घाँटीको मांसपेशिहरूलाई डिहाइट्रेड गर्ने काम गर्छ जसले खोकीको समस्या बढाउन सक्छ। त्यसैले रुघाखोकी लागेको बेला कफी पिउन लाभदायक हुँदैन ।

अल्कोहल 
चिनी जस्तै, अल्कोहलले पनि छातीमा समस्या बढाउँछ । यसले छातीमा इन्फ्लेमेसनको समस्या बढाउँछ । यो हाम्रो सेतो रक्त कोषहरूको लागि पनि खतरनाक छ जसले शरीरको उपचार प्रक्रियालाई ढिलो गर्दछ।

फ्राई खाना
मनसुनमा, मानिसहरूलाई प्राय चिया र तातो पकौडा धेरै मनपर्छ। तर यदि तपाइँलाई ब्याक्टेरियाको संक्रमणको कारणले रुघाखोकी छ भने, भुटेका चीजहरू भुलेर पनि नखानुहोस् । फ्राइड, तैलीय खाना वा ओइली खानाले  खोकीको लक्षणलाई गम्भीर बनाउँछ । 

प्रोसेस्ड फूड
खोकी वा रुघाको समस्या भएमा प्रशोधित खानाबाट टाढै बस्नुहोस् । संक्रमणको समयमा तपाइँले बट्टामा राखिएको खाना, बजारमा पाइने केचअप जस्ता चिजहरू खानु हुँदैन ।

चिसो चीजहरू
यदि तपाइँ यस मौसममा खोकीबाट हैरान हुनुहुन्छ भने तपाईंले चिसो चिजहरू खानु हुँदैन । यस्तोमा तपाईंले आइसक्रीम वा चिसो पानी वा जुस पिउनुहुन्न। 

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *