मनोसामाजिक समस्या भएकालाई क्षमता विकास तालिम

समताखबर
  १७ भाद्र २०७८, बिहीबार १६:३४

काभ्रे :  काभ्रेको पनौती नगरपालिकामा मनो सामाजिक समस्या भएकाहरुलाइ लक्षित गरी आयोजना गरिएको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको आयोजनामा, विश्व स्वास्थ्य संगठनको सहयोगमा र पनौती नगरपालिकाको सहकार्यमा क्षमता विकास तालिम सम्पन्न भएको हो ।

मनो सामाजिक समस्या भएका व्यक्तिले पनि समाजमा उल्लेखनीय कार्यहरु गर्न सक्छन् भन्ने आभाष दिलाउन उनीहरुलाई क्षमता विकास सम्बन्धि तालिम सञ्चालन गरिएको कोशिश संस्थाकी मनोविद् सीता भण्डारीले बताइन् । उनका अनुसार तालिमले उनीहरुभित्र भएका ज्ञान, सीप र प्रतिभालाई प्रष्फुटन गराउनुको साथै र उनीहरुलाई थप नयाँ कार्य गर्ने उर्जा मिल्नेछ । भदौ ११ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त तालिममा पनौती नगरपालिकाका १६ जना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *