पुरुषमा देखिने यौन समस्याका प्रमुख कारण

समताखबर
  २५ भाद्र २०७८, शुक्रबार १६:०४

काठमाडौं : यौन सुख, सम्बन्ध, आत्मीयता तथा प्रजननमा असर पु¥याउने यौनजन्य जटिलताहरु व्यक्तिमा शारीरिक/जैविक, सामाजिक एवम् मनोवैज्ञानिक बनावजस्ता जुनसुकै कारण पनि उत्पन्न हुन सक्छन् ।

तसर्थ बिरामीले समस्याको मुख्य जड थाहा पाउनका लागि परामर्शदात्ता अथवा सम्बन्धित चिकित्सकसंग सल्लाह सुझाव लिई उचित मापदण्डका रुपरेखा तयार गर्नु बुद्विमानी रहन्छ । यसका केहि कारक तत्वहरु तल निम्न रुपले समावेश गरिएको छः

शारीरिक कारणहरु

१. कम टेस्टोस्टेरोन तथा हार्माेनको गडबढि
२. दिर्घकालीन औषधिको प्रयोग
३. एथ्रोस्क्लेरोसिस (धमनीहरु कडा हुनु) जस्ता रक्तवाहिनीको गडबढि तथा उच्च रक्तचाप
४. मधुमेह अथवा शल्यक्रियाका कारण स्ट्रोक अथवा नशामा क्षति पुगेमा
५. मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोर, हार्माेनको गडबढि, अथवा मुटुरोग जस्ता स्वास्थ्य अवस्था
६. बहु– स्क्लेरासिस अथवा पार्किन्सन्स रोगजस्ता स्नायुप्रणाली विकारहरु
७. धुम्रपान, मद्यपान तथा लागुऔषधको सेवन
८. बढ्दो उमेरले पनि धेरै हदसम्म व्यक्तिको यौनेच्छा, उत्तेजना तथा प्रदर्शन क्षमतामा हृास ल्याउँछ ।

मनोवैज्ञानिक कारणहरु

१. वैवाहिक अथवा भावनात्मक समस्या
२. यौन प्रदर्शन सम्बन्धनका तनाव
३. आत्मग्लानी अथवा डिप्रेशन
४. पुर्व यौनजन्य घटनाको आघात
५. कार्यसम्बन्धि तनाव वा चिन्ता
६. आत्मविश्वासको कमी
७. पार्टनरसंगको नसुल्झिएको दरार/असमझदारी

एजेन्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *