सुदूरपश्चिम समाजको १४ औं साधारणसभा सम्पन्न

राज चौधरी
  २७ भाद्र २०७८, आईतवार ०८:२९

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुदूरपश्चिम समाजको १४ औं साधारणसभा सम्पन्न भएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चित गर्ने उदेश्यले स्थापना गरिएको  समाजको शनिबार १४ औं साधारणसभा सम्पन्न भएको हो ।

समाजको कार्यालयमा सम्पन्न साधारणसभाले करुणा नेपालकको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । उपाध्यक्ष कृति चौधरी,सचिव राज चौधरी ,कोषाध्यक्ष बिर्खराज चौधरी,सदस्यमा राजु लामा,मुकेश चन्द,पवन राना,धर्मराज चौधरी,भरत चौधरी,खगेन्द्र राना र नरेश चौधरी रहेका छन् ।

सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले अहिलेसम्म गरेका कामहरुको प्रगती प्रतिबेदन र आर्थिक आयव्यय परियोजनाका लेखा अधिकृत लालमणी भट्टले प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम समाज धनगढी बिगत लामो समय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षोत्रमा क्रियाशिल छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *