
धनगढी : कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा समता मिडिया सेन्टरद्धारा गठन गरिएको समता एक्सन ग्रुप पूर्ण सरसफाइ अभियानमा जुटेको छ।
स्थानीयले बौनिया बजारको खुला स्थानमा जथाभावी फालेको फोहोरले दुर्गन्ध फैलिन थालेपछि समता एक्सन ग्रुपका युवाहरु सरसफाइ अभियानमा जुटेका हुन्।

गाउँपालिकाको मुख्य बजार अर्थात महेन्द्र राजमार्गमा पर्ने बौनिया बजारलाई सुन्दर सफा, सभ्य बजारका रुपमा विकास गर्ने उद्देश्यले पूर्ण सरसफाइ अभियान सुरु गरेको समता एक्सन ग्रुपका अध्यक्ष प्रेम सुनारले बताए ।

उनका अनुसार बजारको मुख्य चोक र श्री बसन्त मुरारी माविमा प्लाष्टिकजन्य फोहोर तथा अन्य फोहोर जथाभावी फाल्दा बजारनै दुर्गन्धित भएपछि ग्रुपले सरसफाइ गरेका हुन्।

समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले आफूहरुले एक्सन ग्रुपको गठनदेखि उनीहरुले गर्ने हरेक क्रियाकलापमा सहयोग गर्दै आएको बताए।
पालिका स्तरिय एक्सन ग्रुपमा १५ जना युवाहरु आबद्ध रहेको छन् ।
Leave a Reply