१८ बर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

समताखबर
  २० आश्विन २०७८, बुधबार ०९:३३

ललितपुर : ललितपुर जिल्लामा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने छ। जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने छ।

जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधाबारबाट १८ बर्ष माथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

कार्यालयका अनुसार चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड-१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी पालिकाले निर्धारण गरेको पायक पर्ने खोप केन्द्रमा पुगि खोप लगाउन समेत कार्यालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *