घट्दै परम्परागत दुना, टपरीको प्रयोग

समताखबर
  १० मंसिर २०७८, शुक्रबार ०८:४९

रुकुम : विवाह,ब्रतबन्ध पूजा,पाठ भोज,भतेर जस्ता कार्यमा प्रयोग हुने दुना, टपरीको प्रयोग पछिल्लो समय लोप हुँदै गएको छ ।

आधुनिक जमनासँगै बजारमा प्लास्टिकका भाँडाहरुको बिक्री वितरण हुन थालेदेखि गाउँमा दुना, टपरीको प्रयोग कम हुँदै गएको हो । विवाह,ब्रतबन्ध पूजा पाठ भोज भतेरमा दुना टपरी कामको लागी प्रयोग आउने गरेको छ ।

चामल,अछेता, फलफूल राख्न तथा प्रशाद बाड्न दुना,टपरीको प्रयोग गरिन्छ । तर पछिल्लो समय विवाह ब्रत बन्धन जस्ता कार्यमा  दुना टपरीहरु प्रयोगमा आएको देखिन्न । बजारको साथसाथै  गाउँमा पनी प्लास्टिकका भाँडाहरुको प्रयोग बढ्न थालेदेखि दुना, टपरीको लोप भएको हो । साल, मालु भला,चिउरी,र बुरेतो लगायतका वनस्ती बिरुवाका पातबाट दुना, टपरी बनाइन्छ। 

पछिल्लो समयमा आधुनिक जमनासँगै दुना टपरीको सट्टा प्लास्टिकको भाँडा प्रयोगमा आए देखि दुना, टपरीको अभाव हुदै गएको हो ।

फाट्टफुट्ट यसको प्रयोग गरिएपनि ठूलो काममा भने प्लाष्टिककै भाडाँवर्तन प्रयोग बढेको आठीसकोट नगरपालिका १०, का रामबहादुर मल्ल बताउनुहुन्छ । स्थानीय स्तरमा पाइने, स्वास्थ पातको दुना, टपरी गाँस्नुको सट्टा पछिल्लो समय सबै बजारीया सामग्रीमै भर पर्ने गरेको उहाँको भनाई छ ।

कखरा डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *